कविता : फरक यति हो |आकृति देवकोटा कृति ।


















कविता
शिर्षक : फरक यति हो

 
जन्मिएर हुर्कन त तिमीमात्र हैन,
म पनि आमकै कोखबाट जन्मिएर,
हुर्किएकि मान्छे।
तर ....
तिमी र मेरो जन्मदा हुर्कदा बिचको फरक यति हो,
तिमी सुख सयलमा जन्मिएर हुर्किएको मान्छे ।
मलाई मेरि आमाले आफू,

नखाई नखाई खुवाएर हुर्किएकि मान्छे ।
समाजको यो दायराभित्र,

तिम्रो र मेरो ओदाह कहिलै बराबर हुन सक्तैन प्रिय ,
हुनत तिमी पनि घरमै बसेर पढेलेखेको मान्छे।
र म पनि घरमै बसेर पढेलेखेकि मान्छे।
तर...
फरक यति हो
तिमी ३०/४० लाखको घरमा बसेर,

बोर्डिङ स्कुलमा पढेको मान्छे,
म भने
३०/४० लाखवटा बासका,

चोइटा र खरले टालेको घरमा बसेर,
कचियालाई कलम डोकोलाइ ब्याग,
चौरको झपक्क परेको हरियो कापिमा,
रगतको मसि बनाएर क लेख्न सिक्तै पढेकी मान्छे। 

फरक यति हो....
तिमिले कपि कलम झोला सग खेल्न सिक्तै गर्दा,
मलाई मेरि आमाले नाम्लो डोको हसिया सग खेल्न सिकाइन
।

तिमीले महगो खेलौना किनेर खेलिरहदा मलाई मेरि आमाले,
लगाएको साडीको फेर च्यातेर बनाइदिनु भएको
सितैको खेलौना लिइ खेलेकि मान्छे। 
तिमी मलाई मेरो र आफ्नो बिच फरक नबनाउ नभन,
यो त मेरो भाग्यको देन हो,

हुन त भाग्य तिम्रो पनि थियो र छ। 

तर ....
फरक यति हो,
तिम्रो भाग्यमा सुनजस्तो थालमा मोति जस्ता भातका सीता,

चादिको चम्चाले मासुको रससग तिमी ले खादै गर्दा,
मलाई मेरि आमा दसधारा आँसु मिसाउदै,
सुकेको खुर्सानी र नुन सिलबरको थालमा,

अौसिको रात जस्तो कालो ढिडो खाने भाग्य छ ।
त्यसैले त भन्छु तिमी आकाशको जुन हौ चम्किरहनु ,
म धर्तिको धुलो यहि सुहाउछु
।

बस यति बुझ हामी बिचको फरक यति हो। हो फरक यति हो ।


कवी :आकृति देवकोटा कृति'' सिन्धुली'

उमेर:१३ बर्ष,कक्षा:१०

Comments

Popular posts from this blog

"आमाप्रति समर्पित मुक्तकहरूको संगालो"

बिष्णु गौतमका १० मुक्तकहरू....

गजल लेख्न आधारभूत तत्वहरू....