कविता : फरक यति हो |आकृति देवकोटा कृति ।
कविता
शिर्षक : फरक यति हो
जन्मिएर हुर्कन त तिमीमात्र हैन,
म पनि आमकै कोखबाट जन्मिएर,
हुर्किएकि मान्छे।
तर ....
तिमी र मेरो जन्मदा हुर्कदा बिचको फरक यति हो,
तिमी सुख सयलमा जन्मिएर हुर्किएको मान्छे ।
मलाई मेरि आमाले आफू,
नखाई नखाई खुवाएर हुर्किएकि मान्छे ।
समाजको यो दायराभित्र,
तिम्रो र मेरो ओदाह कहिलै बराबर हुन सक्तैन प्रिय ,
हुनत तिमी पनि घरमै बसेर पढेलेखेको मान्छे।
र म पनि घरमै बसेर पढेलेखेकि मान्छे।
तर...
फरक यति हो
तिमी ३०/४० लाखको घरमा बसेर,
बोर्डिङ स्कुलमा पढेको मान्छे,
म भने ३०/४० लाखवटा बासका,
चोइटा र खरले टालेको घरमा बसेर,
कचियालाई कलम डोकोलाइ ब्याग,
चौरको झपक्क परेको हरियो कापिमा,
रगतको मसि बनाएर क लेख्न सिक्तै पढेकी मान्छे।
फरक यति हो....
तिमिले कपि कलम झोला सग खेल्न सिक्तै गर्दा,
मलाई मेरि आमाले नाम्लो डोको हसिया सग खेल्न सिकाइन ।
तिमीले महगो खेलौना किनेर खेलिरहदा मलाई मेरि आमाले,
लगाएको साडीको फेर च्यातेर बनाइदिनु भएको
सितैको खेलौना लिइ खेलेकि मान्छे।
तिमी मलाई मेरो र आफ्नो बिच फरक नबनाउ नभन,
यो त मेरो भाग्यको देन हो,
हुन त भाग्य तिम्रो पनि थियो र छ।
तर ....
फरक यति हो,
तिम्रो भाग्यमा सुनजस्तो थालमा मोति जस्ता भातका सीता,
चादिको चम्चाले मासुको रससग तिमी ले खादै गर्दा,
मलाई मेरि आमा दसधारा आँसु मिसाउदै,
सुकेको खुर्सानी र नुन सिलबरको थालमा,
अौसिको रात जस्तो कालो ढिडो खाने भाग्य छ ।
त्यसैले त भन्छु तिमी आकाशको जुन हौ चम्किरहनु ,
म धर्तिको धुलो यहि सुहाउछु ।
बस यति बुझ हामी बिचको फरक यति हो। हो फरक यति हो ।
Comments
Post a Comment