गजल -आकृति सिन्धुलियन

गजल 

चलोस् भुमरि सगरमाथा ढल्दैन।
काक्रोको बोटमा घिरौला फल्दैन।

जसले गालि गर्छ,उसले प्रेम गर्छ,
भन्छे बैनि अगुल्टो नठोसि बल्दैन।

घेरिन्छौ नै परिस्थितिका काँडाले,
कल्पेको जस्तो गरि जिवन चल्दैन।

जति अपमान गर न,निडर रहनेछु,
तिम्रो घृणाले मेरो यो मन जल्दैन।

-आकृति सिन्धुलियन
    


Comments

Popular posts from this blog

"आमाप्रति समर्पित मुक्तकहरूको संगालो"

बिष्णु गौतमका १० मुक्तकहरू....

गजल लेख्न आधारभूत तत्वहरू....