गजल -गोबिन्द लामिछाने

गजल  ...

महल बनाए हाँस्ने बानी  बेचेर कसैले।
गुजारा चलाए धेरै जवानी  बेचेर कसैले।

जापान सम्झेर तिमी भबिष्य सोचिरहेछौ,
प्रगति नेपाल मै गरे पानी  बेचेर कसैले।

तिमिले त्यसरी समस्या त नसुनाए हुन्थ्यो,
बधाइ पाइन्न साथी कहानी  बेचेर कसैले।

सबैले भन्छन् आमा बुवा किनेर पाईन्न,
जीबन चलाए अबोध नानी  बेचेर कसैले।
                          -गोबिन्द लामिछाने 


Comments

Popular posts from this blog

"आमाप्रति समर्पित मुक्तकहरूको संगालो"

तिहार बिशेष मुक्तकहरूको संगालो..

बिष्णु गौतमका १० मुक्तकहरू....