गजल-लक्ष्मी थापा

गजल
सुक्दैन मेचि काली याद गर्नु मोदि।
आटिला छन नेपाली याद गर्नु मोदि।

भो तिम्रो ग्यास तेल फिर्ता लगे हुन्छ,
खान सक्छौ दाउरा बाली याद गर्नु मोदि।

पर्‍यो भने युद्द लडन पछि हटने छैनन,
हाम्रा विर गोर्खाली याद गर्नु मोदि ।

स्वाभिमानि नेपालीलाई चकलेट देखाएर,
चल्दैन अब कागतालि याद गर्नु मोदि।
 – लक्ष्मी थापा

Comments

Popular posts from this blog

"आमाप्रति समर्पित मुक्तकहरूको संगालो"

तिहार बिशेष मुक्तकहरूको संगालो..

बिष्णु गौतमका १० मुक्तकहरू....