गजल -सबीना अधिकारी

गजल 

तिरीरहेछु अझै ऋण, अरु कसैको ।
शरीर मेरो छ अधिन, अरु कसैको ।

आफ्नै बिगत सम्झिन्छु, आँशु खसिदिन्छ ,
देख्नै हुन्न चेहरा मलिन, अरु कसैको ।

अचेल आफ्नै दिल पनि, पराइ भ'को छ ,
कसरी मानौँ म यकिन? अरु कसैको ।

भो मलाई मेरो गला सजाउनु छैन,
लगाइ गहना एकैछिन अरु कसैको ।
                      -सबीना अधिकारी 

Comments

Post a Comment

Popular posts from this blog

"आमाप्रति समर्पित मुक्तकहरूको संगालो"

तिहार बिशेष मुक्तकहरूको संगालो..

बिष्णु गौतमका १० मुक्तकहरू....