गजल-आर के आर मगर

गजल  

लेख्या छैन भाग्य निधारमा खै कसरी भनु ।
छैन मेरो यो तक्दिरमा खै कसरी भनु ।

अतितका आउदा यादहरू चस्किन्छ छात्ती,
यो मन छदै छैन पिरमा खै कसरी भनु ।

मन्दिर कै संघारमा लडिरहेका छन् अनाथहरू,
छन् भगवान ती मन्दिरमा खै कसरी भनु ।

गयौ आज धेरै टाढा भन्न धेरै थियो,
यी मनका कुरा तस्बिरमा खै कसरी भनु ।

                  -आर के आर मगर(सिन्धुली)

Comments

Popular posts from this blog

"आमाप्रति समर्पित मुक्तकहरूको संगालो"

तिहार बिशेष मुक्तकहरूको संगालो..

बिष्णु गौतमका १० मुक्तकहरू....