गजल -मेरुदण्ड राई अवशेष

गजल

जब मान्छेको मन फेरिन्छ ।
अनि बोली वचन फेरिन्छ ।

टुटेपछि विश्वास सम्बन्धमा,
हुन्छ धोका आफ्नोपन फेरिन्छ ।

दशनङ्ग्रा खियाउछ परदेशी,
घरमा मुनाको मदन फेरिन्छ ।

फूलको जवाफ पत्थर पाउँदा,
कोमल मुटुको धड्कन फेरिन्छ ।
               -मेरुदण्ड राई अवशेष

Comments

Popular posts from this blog

"आमाप्रति समर्पित मुक्तकहरूको संगालो"

तिहार बिशेष मुक्तकहरूको संगालो..

बिष्णु गौतमका १० मुक्तकहरू....