गर्याैँ मूटुमा आत्मघाती हमला तिमीले । कुन पापकाे लियाै भन बदला तिमीले ।

'गजल '


गर्याैँ मूटुमा आत्मघाती हमला तिमीले ।
कुन पापकाे लियाै भन बदला तिमीले ।

टुक्राटुक्रा पारीदियाै जाेडिएकाे मेराे मूटु
र बदलिदियाैँ जिन्दगीको श्रीङ्खलातिमीले।

जनमजनम सँगै जिउछु भन्थ्याैँ बाचा गरि
देखायाै आखीर माया गर्ने कला तिमीले ।

एउटा सानाे प्रश्न साेध्छु नढाटी भन्नू है त!
के पाे पायौं भन्देउ रेटेर मेराे गला तिमीले ?

तिमी बिना बाँच्दैन कपिल भन्ने थाहा हुँदाहुँदै,
लत्यायाैँ साथ छाेडेर गयाै सरला तिमीले ।

: कपिल लामिछाने 
  दाङ, बेलझुण्डी


Comments

Popular posts from this blog

"आमाप्रति समर्पित मुक्तकहरूको संगालो"

तिहार बिशेष मुक्तकहरूको संगालो..

बिष्णु गौतमका १० मुक्तकहरू....