हामीलाई छोएर- क्याटवाक गरिरहेको घाम, हामीलाई हेरेर- मुस्कुराईरहेका फूलका जवानीहरु, हामीलाई चिनेर- लाज ओडिरहेका बादलका थुम्काहरु, हामीलाई सुनेर क्रोध सुसेलिहरेका हावाका बयेलीहरु यी सबै सबै हाम्रै लागि हुन-यी सबै हाम्रै पक्षमा छन।
समय छुटेको बाटो.....
(एउटा कविता)र,
सधै भन्ने गर्थे-
जीवनको म्याराथुन दौडिदा-दौडिदै
थाक्यौ भने सम्झिनु-
हामी एकै पाईलाले नाप्दैछौ-गन्तब्यको क्षेत्रफल।
र यो पनि सम्झिनु,
हामीलाई छोएर-
क्याटवाक गरिरहेको घाम,
हामीलाई हेरेर-
मुस्कुराईरहेका फूलका जवानीहरु,
हामीलाई चिनेर-
लाज ओडिरहेका बादलका थुम्काहरु,
हामीलाई सुनेर
क्रोध सुसेलिहरेका हावाका बयेलीहरु
यी सबै सबै हाम्रै लागि हुन-यी सबै हाम्रै पक्षमा छन।
च्छो-रोल्पा कसम,
तिम्रो मुस्कानको फिनिसिङ लाजवाफ लाग्थ्यो।
त्यो भन्दा लाजवाफ त झन-
तिम्रा आँखामा रारा र फेवा देखिरहन्थे,
जहाँ,
स्पट देखिन्थ्यो-हिउँले लपेटिएको ठूलो हिमाल
र, महसुस गर्थे-
यो जीवनको हिमाल हो
सधै हासीरहन्छ-सधै अग्लिरहन्छ......।
हरेक बिहान,
जब झ्यालका बुट्टे पर्दाहरु
माथी,
झन माथी सार्दै नियाल्थ्यौ बाहिर
प्रत्यक पल प्रेमको घडिमा सुस्तरी बग्थ्यो समय।
र, एउटा साँझ
प्रेम नै प्रेमले सिगाँरिन्थ्यो-
सुन्दरताले सिगाँरिएको लालीगुंरास जस्तै....।
साच्ची भन त.....
तिमीलाई ईस्वरको भन्दाबढि डर-मेरो किन लाग्थ्यो?
कहिले भनेनौ मलाई,
यो छोटो सवालको छोटो उत्तर।
अब कहिले भन्न पाउनेछैनौ र मैले सुन्न पाउदिन।
बैसाख-बाह्र-बहत्तरले
तिमीलाई रोजेको छ-मलाई छोडेको छ।
कवि :Ennocent Rajan
Comments
Post a Comment