उ भनिरहन्छे तिम्रो गजल पढेर यहाँ मान्छेहरु, जब आत्महत्या गर्छन तिमी बिद्रोही जस्तो लाग्छ।-समीर कार्की

'गजल'


दिन्न म तिम्लाइ मन तिमी बिद्रोही जस्तो लाग्छ ।
गर्दैनौ तिम्ले जतन तिमी बिद्रोही जस्तो लाग्छ ।

मुनाबाट छुटाइ मुगलान जान सिकायौ किन ?
मलाइ लाग्छ मदन तिमी बिद्रोही जस्तो लाग्छ ।

मेरो मुटु मागेर तिम्ले, हतियार संग साटेपछी,
अचेल झन भन्दा झन तिमी बिद्रोही जस्तो लाग्छ।

तिमी चन्द्रसुर्य नबोकि सिमानामा लड्छौ भने ,
थाप या नथाप गर्धन तिमी बिद्रोही जस्तो लाग्छ।

उ भनिरहन्छे तिम्रो गजल पढेर यहाँ मान्छेहरु,
जब आत्महत्या गर्छन तिमी बिद्रोही जस्तो लाग्छ।

: समीर कार्की 
कोरोबारी १, झापा
हाल : द. कोरिया



Comments

Popular posts from this blog

"आमाप्रति समर्पित मुक्तकहरूको संगालो"

तिहार बिशेष मुक्तकहरूको संगालो..

बिष्णु गौतमका १० मुक्तकहरू....