तिमी छिर्यौ मधुशालाभित्र। हराउन थाल्यौ यिनै प्यालाभित्र। -गजल

 'गजल '


तिमी छिर्यौ मधुशालाभित्र।
हराउन थाल्यौ यिनै प्यालाभित्र।

आँसुको स्वाद समुन्द्रमा पाउँछौ,
नखोजे नि हुन्छ नदीनालाभित्र।

आफ्नाले रेट्न थालेदेखी मलाई
विश्वासको बत्ति देख्छु भालाभित्र।

वैंशको वसन्त घुमेर आउँदा,
लालिमा चढ्न थाले यी गालाभित्र।

के भर पर्छौ यार लुगामा तिमी
छ उदाङ्गो संसार यी टालाभित्र।

: एलिसा पौडेल 
?

Comments

Popular posts from this blog

"आमाप्रति समर्पित मुक्तकहरूको संगालो"

बिष्णु गौतमका १० मुक्तकहरू....

गजल लेख्न आधारभूत तत्वहरू....