समय बदलिन्छ संगै मौसम बदलिन्छ। सफरमा हर यात्रीको कदम बदलिन्छ।

गजल

समय बदलिन्छ संगै मौसम बदलिन्छ।
सफरमा हर यात्रीको कदम बदलिन्छ।

दोभानमा मिसिएर नदि जस्तै जिन्दगी,
बगरमा हिड्दा हिड्दै संगम बदलिन्छ।

दिलको घाउमा कसैको माया चाहन्थे,
बारम्बार यो उपचारमा मलम बदलिन्छ।

पत्थरको बदलामा गुलाफ दिएर आउ,
मायामा रिस राग अनि अहम बदलिन्छ।

:-नवीन संघर्ष 'सिन्धुली '



Comments

Popular posts from this blog

"आमाप्रति समर्पित मुक्तकहरूको संगालो"

तिहार बिशेष मुक्तकहरूको संगालो..

बिष्णु गौतमका १० मुक्तकहरू....