कोसि डुब्छ कहिले महाकाली कहिले, चामल लियर पिठो साटिदा चिनियन।-सन्ध्या सानु

'गजल'


टाइसुटमा उहाँ ठाटिदा चिनियन।
बारम्बार यहा ढाटिदा चिनियन ।

अझै पनि यस्तो उस्तो गर्छु भन्नु हुन्छ,
टनकपुर कर्णाली बाटिदा चिनियन।

कोसि डुब्छ कहिले महाकाली कहिले,
चामल लियर पिठो साटिदा चिनियन।

आमा भन्दा उहालाई माता प्राण प्यारि,
थुकेर त्यहि थुक फेरि चाटिदा चिनियन।

हामि सङ्गै बाग्मतिमा फोहोर उठाउने उहा,
नाका बन्द ग्यासका लाइन काटिदा चिनियन।

:- सन्ध्या सानु




Comments