समयले कहाँसम्म लान्छ हेरौ डोर्याएर । मारिदिन्छ या ल्याउछ यतै फेरी फर्काएर ।

'गजल'


समयले कहाँसम्म लान्छ हेरौ डोर्याएर ।
मारिदिन्छ या ल्याउछ यतै फेरी फर्काएर ।

सिकारी हो सक्छौ भने मार त्यो बाज् आजै मार,
लगेकोछ हाम्रा कयौं चल्लाहरु उडाएर ।

हेरौं छोरो कस्तो शिक्षा दिन्छ यी सन्ततिलाई ,
बाबा आमा राखेको छ बृद्धआश्रम बनाएर ।

हुर्काउछन बढाउछन पढाउछन छोरीहरू ,
खुसि हुन्छन बाबू आमा तिनेै छोरी अन्माएर ।

बिते कयौं साँझहरु औला भाच्दै प्रहरहरु,
जिन्दगानी यो अनौठो पिंजडामा सजाएर।
:-शिव सुवेदी 
शान्तिनगर एक
जुनेली बस्ती
झापा
अचेल:- मलेसिया

Comments

Popular posts from this blog

"आमाप्रति समर्पित मुक्तकहरूको संगालो"

तिहार बिशेष मुक्तकहरूको संगालो..

बिष्णु गौतमका १० मुक्तकहरू....