गजल -नुन लाई पनि चिनी भन्छन सराब पिए पछी।दिदी लाइनी बहिनी भन्छन सराब पिए पछी ।

''गजल:-१'


नुन लाई पनि चिनी भन्छन सराब पिए पछी
दिदी लाइनी बहिनी भन्छन सराब पिए पछी

दिर्घायुको कामना गर्दै ब्रत बस्छिन श्रीमती
गाली गर्दै पापीनी भन्छन सराब पिए पछी

घरमा दुध चुस्दै गरेको सानोसानो छोरो हुन्छ
अरुलाई सम्धी सम्धिनी भन्छन सराब पिएपछी

बहिनी दाईलाई बाउ पछिको बाउ मान्छिन
दाई चाॅही अलक्षिनी भन्छन सराब पिए पछी

दुईहात जोडी साहुनी भन्दै भट्टी भित्र छिर्छन
छिन मै अर्धाङ्गीनी भन्छन सराब पिए पछी'


'गजल:-२'


भट्टी पसी टन्न रक्सी धोक्ने बानी परेको छ ।
घर फर्किदा केही बोत्तल बोक्ने बानी परेको छ ।

पढ्ने बेला ज्यान हुन्न, ज्यान हुॅदा ध्यान हुन्न ।
कक्षा चढ्नको लागी उत्तर घोक्ने बानी परेको छ ।

सिधा सादा गरिब देखे हेप्छन भनी दुनियाले ।
हैसियत भन्दा ठुला कुरा खोक्ने बानी परेको छ ।

सराब पिई बसेको बेला आउदा खेरी बुबा आमा ।
गन्ध आउला भनी सास रोक्ने बानी परेको छ।

संधै बेसुरमा काम गर्छु, गल्ती धेरै गर्नेमा पर्छु ।
गाली पाउनु अघिनै जीब्रो टोक्ने बानी परेको छ ।

सर्जक:-सन्तोष अम्गाई
        : नाम्जुङग-२ गोरखा 
हाल : कोरिया 

Comments

  1. भट्टी पसी टन्न रक्सी धोक्ने बानी परेको छ ।
    घर फर्किदा केही बोत्तल बोक्ने बानी परेको छ ।

    ReplyDelete

Post a Comment

Popular posts from this blog

"आमाप्रति समर्पित मुक्तकहरूको संगालो"

तिहार बिशेष मुक्तकहरूको संगालो..

बिष्णु गौतमका १० मुक्तकहरू....