गजल-बिमला शर्मा'ढुंगाना '

*गजल*

पुरा नभै मर्छन् यहाँ, रहर परदेशीको ।
अनौठा छन् यस्ता कति,खबर परदेशीको।

मातृभूमि छाड्नु पर्दा बन्छन् यति बेहाल ,
नठान्नु है हुन्छ मुटु,पत्थर परदेशीको।

भुल्न कहाँ सकिन्छ र आफ्नो प्यारो देश ,
डुल्छन् सधैं तस्बिरमा,नजर परदेशीको।

काँडा माथि टेकेर नि हिड्नै पर्छ आखिर,
बुझ कति अप्ठेरा छन्,सफर परदेशीको।

खुशी खोज्दै मान्छेहरू लागे पनि मुग्लान ,
न त बन्यो भबिष्य त्यो,सुन्दर परदेशीको।

-बिमला शर्मा 'ढुंगाना '
रचना २०७२पौष ९ गते बिहिबार

Comments

Popular posts from this blog

"आमाप्रति समर्पित मुक्तकहरूको संगालो"

तिहार बिशेष मुक्तकहरूको संगालो..

बिष्णु गौतमका १० मुक्तकहरू....