गजल -नवीन संघर्ष "सिन्धुली "

"गजल "
झुपडी हिडिरहेछ यहाँ,महल हिडिरहेछ।
मानौ जिन्दगी बोकेर,धरातल हिडिरहेछ।

हिलै पानीको आडमा फुलेर पनि कमल,
भमराको खोजीमा हेर,पैदल हिडिरहेछ।

यहाँ मान्छेले मान्छे जिउँदै जलाउदैछन,
मानवता हटेर रित्तो,सक्कल हिडिरहेछ।

अचेल हतियार बोकेर आउँछ बुद्धिमान,
कलम बोकेर पो कयौं,पागल हिडिरहेछ।
                              -नवीन संघर्ष"सिन्धुली "

https://youtu.be/D4jkYmWjpMQ

Comments

Popular posts from this blog

"आमाप्रति समर्पित मुक्तकहरूको संगालो"

तिहार बिशेष मुक्तकहरूको संगालो..

बिष्णु गौतमका १० मुक्तकहरू....