गजल -प्रकाश राई

"गजल"

चुरे पहाडको त्यो भिर किन नहोस।
गढी, महाभारत सिर किन नहोस।

एतिहासिक महत्त्वले भरिपुर्ण छ,
ति भत्केका मठमन्दिर किन नहोस।

मलाई मेरो सिन्धुली प्यारो छ सधै,
त्यो सुनकोसीको तिर किन नहोस।

प्राकृतिक,सास्कृतिक सम्पदाले धनी छ,
बिकाशको गति यहा स्थिर किन नहोस।

हाम्रो राम्रो सिन्धुली भन्नुमा मजा छ,
यो मेरो मनभरी पिर किन नहोस।

 चुरे पहाडको त्यो भिर किन नहोस।
ति भत्केका मठमन्दिर किन नहोस।
                           -प्रकाश राई


Comments

Popular posts from this blog

"आमाप्रति समर्पित मुक्तकहरूको संगालो"

बिष्णु गौतमका १० मुक्तकहरू....

गजल लेख्न आधारभूत तत्वहरू....