गजल -राज पाठक

°गजल°
दाज्दै नदाज्नु कहैलै शिर चप्पल संग ।
खाली खुट्टालाई सधै पिर चप्पल संग।

घाँस काट्न जान लाग्दा बा भन्नुहुन्थ्यो,
सुहाउँदै सुहाउँदैन बाबू भिर चप्पल संग।

म बर्षौ देखि नै यो कुरा सोचिरहेको छु,
खुट्टाको के सम्बन्ध छ आखिर चप्पल संग।

कस्ताकस्ता मान्छे भेटिन्छ यार अचेल यहाँ,
जुत्ता साट्छन पैसाको खातिर चप्पल संग।

चेलिबेटी,हरुलाइ राजको एउटै सुझाव छ,
नबेच्नु कसैले आफ्नो शरीर चप्पल संग ।
   
(गजलकार:-राज पाठक )

Comments

Popular posts from this blog

"आमाप्रति समर्पित मुक्तकहरूको संगालो"

तिहार बिशेष मुक्तकहरूको संगालो..

बिष्णु गौतमका १० मुक्तकहरू....