गजल -बिन्दा लामा

गजल 

अनौठो छ मेरो कहानी शहरमा।
भिजेको छ राती सिरानी शहरमा।

भयो छट्पटीमा डराएर यो मन,
हरायो अतितको निशानी सहरमा।

बचाउँछु अस्तित्व ढल्नेछु आफै,
हुनेछन् प्रमाणित किटानी सहरमा।

अचम्मै समाचार कस्ले छपायो,
लिलामी भयो रे जवानी शहरमा।

सुकेको बगरमा जसै सुक्छ तृष्णा,
उसै सुक्छ आत्मा नजानी सहरमा।

फाउलुन१२२×४
बिन्दा(तृष्णा)-सिन्धुली

Comments

Popular posts from this blog

"आमाप्रति समर्पित मुक्तकहरूको संगालो"

तिहार बिशेष मुक्तकहरूको संगालो..

बिष्णु गौतमका १० मुक्तकहरू....