"मनका पानाहरु-शृङ्खला ५"

 
-मनका पानाहरु कार्यक्रम 
-मनका पानाहरु फेसबुक लाईक पेज 
-अल आइन युएई बाट संचालन 
-रुवाइ
-संचालक  :-रोवर्ड(सिप्तुंखा)राई
चुलाचुली ७ इलाम  


रुवाई
लाजलाई खुल्न सिकाउछु
बाटोलाई डुल्न सिकाउछु
सिम्रै सामु एक दिन म
पथ्थरलाई फुल्न सिकाउछु
**
चुली र डॉडामा के फरक छ
कराई र भाडामा के फरक छ
सम्झ्यो कि मुटु चस्केर दुख्छ
तिमी र काडामा के फरक छ
प्रकाश आंदेम्बे
दमक झापा
=====================
मुक्तक

तिमी नै मेरो जिवन तिमी नै प्राण झै लाग्छ
ब्रमाण्ड कै सबै भन्दा अमुल्य समान झै लाग्छ
घुमे धेरै मन्दिर भेटिन भगवान कतै
जब भेट्छु तिमी साक्ष्यात भगवान झै लाग्छ
डा•रमेश के सी
रामेछाप
हाल:-प्रमुख (कर्णाली अन्चल आयर्बेद) जुम्ला

**
स्वार्थको वलिवेदीमा चढेको दिमाग उस्को
दायॉ बायॉ नहेर्ने त्यो सडेको दिमाग उस्को
संस्कृति मै खाउ मै लाउको समाज बन्दैन
भित्र कपडको किरा गडेको दिमाग उस्को
शैलेन्द्र थापा
काठमाण्डौ रातोपुल

***
तिमी बिना साच्चै मलाई एक्लो पन हुन्छ
अनायासै भित्र भित्र आफै जलन हुन्छ
बोल्न सक्या छैन मनको बॉधले रोकेको छ
कति बेला घातक बनि बिस्पोटन हुन्छ
मौलिक श्रीस
नवलपरासी
हाल:- साउदी अरब

****
आखॉबाट भनौ या मनभित्र बाट
झरिसके छ जिन्दगी बृतचित्र बाट
भमरा आई रहेछन लुटि रहेछन अस्तित्व
घमण्ड गरि रहेछ फुलहरु पबित्र बाट
नबिन संघर्ष
सिन्धुली
हाल:-मलेसिया( प्रबासी कलम मलेसिया)

*****
बिछोडमा पनि मनले मन पराउदो रहेछ
सम्झि सम्झि हरपल नै दिल चराउदो रहेछ
सपनीमा त रमाईलो भने सधै जसो हुन्छ नै
बिपनीमा एक्लै चित दुखेर कराउदो रहेछ
प्रेम खड्का
पूर्कोट मलागिरी

******
मन भरी राखेको मान्छे भेटे
यादै यादमा बाचेको मान्छे भेटे
बाटो फेरिएछ जिवन यात्रा फेरिएछ
मुटु भरी साचेको मान्छे भेटे
रीता राई
चुला चुली ईलाम
हाल:-पथरी मोरंग

*******
थोरै हासो धेरै त रुनु रहेछ जिन्दगी
आँशुले नै अनुहार धुनु रहेछ जिन्दगी
यस्तै यस्तैमा चल्दैछ जिन्दगी मेरो
दु:ख पर्दा छाती नै छुनु रहेछ जिन्दगी
महेन्द्र रिजाल
झापा
हाल:-यु ए ई

********
लुगा जस्तै मुटु भए सिलाएर टाल्ने थिए
बजारमा किन्न पाए नयॉ मुटु हाल्ने थिए
धड्कन बनि टासिएर बसेकी छौ तिमी
नत्र दुख्ने मुटु यो चुडाएर फाल्ने थिए
कैलाश रिजाल
बेनी म्याक्दी

*********
तिमी भन्दा म पहिला मरे भने के गर्छौ
फुल्न नपाउदै कोपिला मै छरे भने के गर्छौ
तिमी भने म बिना बाच्न सक्दैनौ भन्छौ
धर्ती छोडी टाढा बसाई सरे भने के गर्छौ
नानु मगर
किचनास स्यांजा

Comments

Popular posts from this blog

"आमाप्रति समर्पित मुक्तकहरूको संगालो"

तिहार बिशेष मुक्तकहरूको संगालो..

बिष्णु गौतमका १० मुक्तकहरू....