"बहर बहार- शृङ्खला ५"

"बहर बहार- ५"
************
कहाँ जान लाग्यौ कहाँ देखि आयौ ?
मलिन देख्छु आँखा कि बाटो बिरायौ ?
-'अविनाश' सापकोटा

अझै हिँड्न बाँकी थियो हैन साथी?
बुझ्यौ के कसो खै र गोडा कटायौ!
-अनन्त अनुराग

नराम्री त छैनौ रुपौली सुरैया
अझै खुल्न चोली र सारी लगायौ
-लाल काजी श्रेष्ठ

म कैले तिमीमा हराएँ बताऊ
कसोरी दिलैमा मलाई सजायौ
-गजेन्द्र अतित बोहरा

दिएनौ सहारा तिमीले मलाई
बनाएर एक्लो सदा नै रुवायौ
-राम कडेँल अधीश

यता आँशु झार्दै म रोईरहेछु
रमाई तिमीले त उत्सव् मनायौ !!
-लामा अभय

पिरैमा धकेलेर एक्लो बनाई
रमाएर दर्द्को बिहानी पठायौ
-अमन एकल

चिटिक्कै परेका नयन छन नशालु
उसै माथि आहा! तिमी मुस्कुरायौ ।
-मनोज मनसुन

म भित्रै म खोज्दा हराए म आफै।
उता सम्झनामा परेली रुझायौ।
-मिलन मार्मिक

थियो रात बाँकी थियो बात बाँकी
तिमी चाहिँ दोस्रो प्रहरमै निदायौ।
-प्रमोद थापा

म आफैं हराएँ कतै जिन्दगीमा
कहाँसम्म जाने र औंला समायौ
-बिजय योजित

लगाई मलम त्यो निको पार्छु भन्दै
वचन वाण हान्यौ झनै दिल जलायौ
-युवराज खतिवडा
*****
बहर:- मुतकारिब मुसम्मन सालिम
रुक्न:- १२२-१२२-१२२-१२२
नोट:- माथिको सामुहिक गजल २ साउन २०७२ (१८ जुलाई
२०१५) मा "बहर-बहार" फेसबुक ग्रूपमा गरिएको सामुहिक
अभ्यास बाट साभार गरिएको हो।
-बहर बहार परिवार

Comments

Popular posts from this blog

"आमाप्रति समर्पित मुक्तकहरूको संगालो"

तिहार बिशेष मुक्तकहरूको संगालो..

बिष्णु गौतमका १० मुक्तकहरू....