गजल

गजल

ठोस ग्यास राखिएकोछ तरल राखिएकोछ।
मान्छे के हो छुट्याउन सक्कल राखिएकोछ।

हुनसक्छ नभेटेपछि मान्छेको परिभाषाहरु,
बारम्बार उहीँ चिजको छलफल राखिएकोछ।

बेचिदैछन युवाहरू यो सहरबाट मरभुमिमा,
लाग्दैछ कर्णधार बेच्ने पसल राखिएकोछ।

छोराको काण्डमा यो कानुनले के गर्दैछ,
माता पिताका निधारमा राइफल राखिएकोछ।

सुकुम्बासी बस्ती उठाउनु पहिला त्यो उठाउ,
झुपडी छेउमा भष्टचारको महल राखिएकोछ।

म भनिरहेछु उसलाई भो प्यार् नगर मसित,
मेरो झुपडीमा ढिकी ओखल राखिएकोछ।

जीवन 'संघर्ष 'नसोध्नु कसरी सकिन्छ,
उदाहरणमा कयौं जुत्ता चप्पल राखिएकोछ।

-नवीन संघर्ष (सिन्धुली )

Comments