गजल -नवीन संघर्ष

गजल

हिजो सडकमा पुत्ला,पोलेको अभियोगमा ।
कत्ति मारिए शान्ति,बिथोलेको अभियोगमा।

आगनमा बसेर बच्चाहरु आन्दोलन गर्दैछन,
सदनमा बुबाले भाषण,बोलेको अभियोगमा।

एकदिन महाकाली उर्लन्छ कर्णाली उर्लन्छ,
छोड्दैनन पानीमा रगत,घोलेको अभियोगमा।

सिमानामा सन्तान मारियो,मुस्कुराइन आमा,
देशको खुसीमा जिन्दगी,मोलेको अभियोगमा।

धड्कनहरूले कहिले गर्लान् नजरलाई बन्दि ,
इसारामा आँखाले मुट,छिचोलेको अभियोगमा।
_नवीन संघर्ष (सिन्धुली )

Comments

Popular posts from this blog

"आमाप्रति समर्पित मुक्तकहरूको संगालो"

तिहार बिशेष मुक्तकहरूको संगालो..

बिष्णु गौतमका १० मुक्तकहरू....