बहर बहार-शृङ्खला २

"बहर बहार-२"
नफूल्दै झरेको जवानी छ मेरो
अपत्यार लाग्ने कहानी छ मेरो
-युबराज खतिवडा

तिमी वागमा जो खुल्यौ आज हेर
सधैं अस्रु धारा लगानी छ मेरो
-विजय योजित

छुट्यो साथ सोच्यौ रमाएँ हुँला म
भिजेको सिरानी जमानी छ मेरो
-राजीव जि.सी 'संघर्षी'

उता मुस्कुरायौ तिमी चाँदनी झैं
यता साथमा यो सिरानी छ मेरो
-अनन्त अनुराग

मलाई म आफैं जलाएर आएँ
भनौं के म साक्षी खरानी छ मेरो
-'अविनाश' सापकोटा

तिमी रातमा चाँदनी झैं खुलेछौ।
सधैंको अँध्यारो बिहानी छ मेरो
-गजेन्द्र 'अतीत' बोहरा

छ तिम्रो त ठेकी अहो कत्ति राम्रो
निकालौं न नौनी मदानी छ मेरो
-राम कँडेल अधीश

तिमी ख्याल सोच्छ्यौ मजाकै उडाई
कसम हो निशानी नजानी छ मेरो
-लाल काजी श्रेष्ठ

भए लाख पीडा निराशा म भित्र
र नि हौसलाको त खानी छ मेरो
-रमेश 'गोठालो'

भनौं नाम सबले नयन मारिदिन्छन्
परी झैं पियारी फलानी छ मेरो
-बेहोशी भिम रसाईली

जहाँ टेक नारद यसो भन्छ व्रम्हा
छ ब्रमाण्ड सारा लगानी छ मेरो
-दिनेश धामी

तिमी तेज आँधी हुरी बोकी आयौ
यहाँ धिपधिपे जिन्दगानी छ मेरो
-प्रमोद थापा

दुईटा छ खुट्टा दुबै पट्टि डुङ्गा
म तर्नेछु खोली किटानी छ मेरो
-लामा अभय

कसैले नदेख्ने कलेजी कुनामा
मजाले दुखेको निशानी छ मेरो
-लेख कार्की
*****
बहर:- मुतकारिब मुसम्मन सालिम
रुक्न:- १२२-१२२-१२२-१२२
नोट:- माथिको सामुहिक गजल ३१आषाढ २०७२ (१६ जुलाई
२०१५) मा "बहर-बहार" फेसबुक ग्रूपमा गरिएको सामुहिक
अभ्यास बाट साभार गरिएको हो।
-बहर बहार परिवार

Comments

Popular posts from this blog

"आमाप्रति समर्पित मुक्तकहरूको संगालो"

तिहार बिशेष मुक्तकहरूको संगालो..

बिष्णु गौतमका १० मुक्तकहरू....