मुक्तक


मुक्तक-नवीन संघर्ष 

मुक्तक१.
पिडामा पनि खसिदिन्छ हर्षमा पनि खसिदिन्छ।
थाहा छैन यी आँखामा आँसु कसरी बसिदिन्छ।
तिमी आउछौ आउदैनौ थाहा छैन तर यो थाहा छ ,
तिम्रा ती यादहरु आउनेछन र मुटुमा डसिदिन्छ।

मुक्तक२.
आँखा बाट भनौ या मनभित्र बाट ।
झरिसकेछ जिन्दगी वृतचित्र बाट ।
भमरा आईरहेछ्न लुटिरहेछन अस्तित्व
घमण्ड गरिरहेछ फुलहरु पबित्र बाट ।

मुक्तक३.
एक पिठिउमा बालुवाका बोरा बोकेर आमा।
अर्को पिठिउमा साना छोरीछोरा बोकेर आमा।
खुसी राखेर सन्तान, हासि रहन्छिन आफु,
आँखा भरि आशुका फोहोरा बोकेर आमा।

मुक्तक४.
हररात हिमाल सम्झेर निदाउछु।
मनैभरी नेपाल सम्झेर निदाउछु।
मलाई निष्ठुरी कसरी भनिरहेछौ,
पोखरा फेवाताल सम्झेर निदाउछु।

मुक्तक५.
भन्नेहरु धेरै भेटिन्छन् हत्केला वा पैतालो बाट ।
म खोजिरहेकोछु बाटो मन्द-मन्द उज्यालो बाट ।
भत्किएका घर संगै यो सहर बन्नेछ हातेमालोमा,
र कहिल्यै टुट्नेछैनन नेपालीपन भुइचालो बाट ।

मुक्तक६.
नजरवान हानिन ढालिन,दिल भित्र बसालिन।
कसरी ढुङ्गेमन पगालिन,दिल भित्र बसालिन।
रात उसै अध्यारो थियो,सारा बत्तीहरु निभाईन
चारैतिर मैनबत्ति बालिन,दिल भित्र बसालिन।

Comments