"बहर बहार-शृङ्खला ७ "

"बहर बहार-७ "

अँध्यारो पखाल्ने उषाको कुरा हो
गरौँ साधना यो कलाको कुरा हो
-लाल काजी श्रेष्ठ

म हूँ सुक्ष्म दाना निहित् अश्व शक्ति
फलाएर खाऊ चनाकाे कुरा हाे
-विजय योजित

उषामा रचेको अचेल् साँझ मर्छ
अमर प्रेम भन्ने कथाको कुरा हो
-राजीव जि.सी 'संघर्षी'

'भने ज्यानमारा सबैले मलाई'
उज्यालो दिने यो शिखाको कुरा हो
-अनन्त अनुराग

म आफ्नै रहरले नहाँसें ननाँचें
सधैं सुन्यतामा रमा'को कुरा हो
-आर के सुवेदी

यहाँ प्राय आफ्ना सबै शत्रु रैछन
यहीँ जिन्दगीले बता'को कुरा ह
-'स्मार्ट' जी सन्देश

जिते कैद आजन्म हारे छ फाँसी
नयाँ प्रेम कानुन दफाको कुरा हो।।
-प्रमोद थापा

म त्यो 'याद' फाल्नै नसक्ने छु मित्र
उसैले चिनोमा पठाको कुरा हो !!
-लामा अभय

कहीँ हाँस्छ यै दिल कहीं रुन्छ यै दिल।
नटुट्दा र टुट्दा प्रियाको कुरा हो ।।
-युवराज खतिवडा

निकै सुक्ष्म हुन्छन् ठुलै काम गर्छन
मुटूभित्रको त्यो शिराको कुरा हो
-कबि अभ्यर्थी

गलेको छ साह्रो शरीर यो सदैव
कठै भार थाम्ने गधाको कुरा हो
-राम कँडेल अधीश

न छाता सँगै थ्यो न मायालु थिईन
अकेलै झरीले रुझा'को कुरा हो
-'अविनाश' सापकोटा

नखेलौं कदापी जुवातास कौडा
उठीबास होला, जुवाको कुरा हो
-जीपीएस शरद पौडेल

टिपी जून तारा दिनेरे सगरको
कसैले मलाई फकाको कुरा हो
-रिना बोम्जन तामाङ

भयो भेट तिम्रो र मेरो अचानक
कि हाम्रो नसिबले जुराको कुरा हो
-रमेश 'गोठालो'

खुबै प्रेम छर्दै तिमी सर्त राख्नु
र मान्ने नमान्ने रुसाको कुरा हो
-पुजा खतिवडा
*****
बहर:- मुतकारिब मुसम्मन सालिम
रुक्न:- १२२-१२२-१२२-१२२
नोट:- माथिको सामुहिक गजल ४ साउन २०७२ (२० जुलाई
२०१५) मा "बहर-बहार" फेसबुक ग्रूपमा गरिएको सामुहिक
अभ्यास बाट साभार गरिएको हो।
-बहर बहार परिवार

Comments

Popular posts from this blog

"आमाप्रति समर्पित मुक्तकहरूको संगालो"

तिहार बिशेष मुक्तकहरूको संगालो..

बिष्णु गौतमका १० मुक्तकहरू....