मुक्तक दोहोरी

(मुक्तक दोहोरीको एक झलक )
मुक्तक.१
हेर ढलेको छ गाउँ सहर बस्ति सबै।
रुवायो भुकम्पले जन्ता अस्ति सबै।
राहतको लागि सबैले अपिल गर्दा नी,
वास्ता छैन किन गर्छ नाइ नस्ति सबै।
नानू मगर किचनास ८ स्याङजा

मुक्तक जवाफ १-नानू मगर मिसको प्र.

दाल पठाकोथे चामल पठाकोथे।
सकेजती भाडाकुडा थाल पठाकोथे।
पायोकी पाएनौ उता मैले पठाएको,
छानो झिकी उता त्रीपाल पठाकोथे।
नविन संघर्ष (सिन्धुली )

मुक्तक.२
राहत आको छ भन्ने खवर सुनेको थिए।
खाना र पालको मीठो आशा बुनेको थिए।
तर बिचै बाटोमा खै कता हारायो रे हजुर,
मलाई मात्र हैन गाउँ भरि नाम चुनेको थिए।
नानू मगर किचनास ८ स्याङजा

मुक्तक जवाफ२ -नानू मगर मिसको प्र.

राहत भनी पठाएको कस्ले लियो होला।
कित आफ्नाहरुलाई खुसुक्क दियो होला।
मौका पायो उठाइ हाल्यो दुखीहरुको फाईदा,
महल भित्र बसि-बसि दारु पियो होला।
नवीन संघर्ष (सिन्धुली नेपाल )

मुक्तक.३
राहत आयो भने नेताहरुले लुकाउछ।
मग्न गयो भने घरको कुकुर फुकाउछ।
अनि भोट कस्लाई दियौ भनि कराउदै,
पीडीत जनतालाई भोक भोकै सुकाउछ।
नानु मगर किचनास ८ स्याङजा।

मुक्तक जवाफ ३-नानू मगर मिसको प्र.

आज-भोलि नेताहरू कस्ता भएछन् ।
ढुङ्गा माटो भन्दा पनि सस्ता भएछन् ।
आफै लाउ आफै खाउ,व्यबहार अचम्मको,
हेर्दा मान्छे भन्दा बादर जस्ता भएछन् ।
नवीन संघर्ष (सिन्धुली नेपाल )

मुक्तक.४
अब सरकारको भर नपर्नु जनता उठ्नु पर्छ।
हामी जनताहरु मिलेर नेतालाई कुट्नु पर्छ।
कति बस्ने हजुर यो खुल्ला आकास मुनी,
नयाँ जीवन बनौ सबैले यो दुःख भुल्नु पर्छ।
नानू मगर किचनास ८ स्याङजा।

मुक्तक जवाफ ४-नानू मगर मिसको प्र.

जनताको पाउमा शिर राख्न नआउ भनिदिनु।
खुल्ला मंचमा बसेर डाक्न नआउ भनिदिनु।
भोट संगै जुत्ताको माला लगाउने हो,
गाउँ -गाउँ भोट माग्न नआउ भनिदिनु।
नवीन संघर्ष (सिन्धुली नेपाल )

Comments

Popular posts from this blog

"आमाप्रति समर्पित मुक्तकहरूको संगालो"

तिहार बिशेष मुक्तकहरूको संगालो..

बिष्णु गौतमका १० मुक्तकहरू....