संयुक्त गजल
गजल (शेरमाला)
को चाहदैन् यहाँ असल मान्छे हुन।
गल्ती गर्छन् फेरि तयार हुन्छन रुन।
-नवीन संघर्ष
जसलाई जती गुन लगाए पनि यहाँ,
सम्झिन्छन सधै उल्टै बरु त्यो बैगुन।
-दीपक हमाल
घमण्डले आफैलाई बनाउँदछ खरानी,
कहाँ सकिन्छ हत्केलाले सुर्य लाई छुन।
-बिन्दा लामा
हजुर त्यस्तो भ्रममा नपर्नुस् कदापि,
पहेलो देख्दैमा हुदैन अकबरि सून।
-आकृति सिन्धुलीयन
साथी सङगतले नै ,बिगार्यो मलाइ?
सत्यमार्ग दिने मलाई मान्छे छ र कुन।
- केशभ समिर
मनभित्रै गुम्सिरहे,तिम्रा ति यादहरु,
कत्ति आँसु बगाईदिए सकियन धुन।
-बिष्णु गौतम
अमिलाे त्याे पिराे पनि चटनिमा थियो ,
पछि मात्र थाहा पाए कमि रैछ नुन।
-दर्शन सौगात
फूल बने माली बन्छु,नदी भए किनार,
यो जीवनको मुटु म,तिमी बन खुन।
-नारायण दुम्जाली
तिम्ले भने जस्तै बन्न कहाँ सकुला र
कहिले तारा जस्तै कहिले बनु जुन।
-निरा श्रेष्ठ
(Note :-सिन्धुलीयन सर्जकहरु-२०७२/०६/०५)
को चाहदैन् यहाँ असल मान्छे हुन।
गल्ती गर्छन् फेरि तयार हुन्छन रुन।
-नवीन संघर्ष
जसलाई जती गुन लगाए पनि यहाँ,
सम्झिन्छन सधै उल्टै बरु त्यो बैगुन।
-दीपक हमाल
घमण्डले आफैलाई बनाउँदछ खरानी,
कहाँ सकिन्छ हत्केलाले सुर्य लाई छुन।
-बिन्दा लामा
हजुर त्यस्तो भ्रममा नपर्नुस् कदापि,
पहेलो देख्दैमा हुदैन अकबरि सून।
-आकृति सिन्धुलीयन
साथी सङगतले नै ,बिगार्यो मलाइ?
सत्यमार्ग दिने मलाई मान्छे छ र कुन।
- केशभ समिर
मनभित्रै गुम्सिरहे,तिम्रा ति यादहरु,
कत्ति आँसु बगाईदिए सकियन धुन।
-बिष्णु गौतम
अमिलाे त्याे पिराे पनि चटनिमा थियो ,
पछि मात्र थाहा पाए कमि रैछ नुन।
-दर्शन सौगात
फूल बने माली बन्छु,नदी भए किनार,
यो जीवनको मुटु म,तिमी बन खुन।
-नारायण दुम्जाली
तिम्ले भने जस्तै बन्न कहाँ सकुला र
कहिले तारा जस्तै कहिले बनु जुन।
-निरा श्रेष्ठ
(Note :-सिन्धुलीयन सर्जकहरु-२०७२/०६/०५)
Comments
Post a Comment