"बहर बहार-शृङ्खला ९"

"बहर बहार-९"

भुल्न खाेजें धेरै तिमी यादमा छाै
जिन्दगी याे चल्ने हरेक श्वासमा छाै
-विजय योजित
°
भेट कैले होला नदी घाट बिच को,
पर्ख भन्छौ वारी वहाँ पार मा छौ
-ऋक्तात्मा अविरल
°
अन्त तिर्खा मेट्ने कबै चाह छैन ,,
प्यासमा छौ मेरो तिमी मातमा छौ.
-राजीव जी.सी संघर्शी
°
आज फेरी त्यै सम्झनामा रुवायौ
हो र सानी लाग्दैछ बेहाल मा छौ !
-मनोज मनसुन
°
लौ न औधी नै पो फुले छौ तिमी यो
झल्झली आँखा कै उ त्यो बागमा छौ !
- गजेन्द्र अतित बोहोरा
°
भुल्न चाहेकै हो , नसक्ने भएछु
ध्यानमा छौ प्रिया तिमी प्राणमा छौ!
- लामा अभय
°
छैन क्यै चिज अर्को तिमी झै अमूल्य
यो जगतमा मेरी प्रिया लाखमा छौ.
- बेहोसी भीम रसाइली
°
आँफुलाई साह्रै घमण्डी बनायौ
बैंशले बल्दैछौ र पो रापमा छौ ।
- विनोद परिवर्तित
°
कत्ति धेरै प्यासी बनेको छु प्यारी।
सुक्छ सायद सागर तिमी प्यासमा छौ
- युवराज खतिवडा
°
आँसुको खोली यो नयनमा बगाई !
खालि पार्दा पीडा त्यही भावमा छौ !
- अविनाश शापकोटा
°
जिन्दगी देखी हार खाँदै हिडेको थेँ
हौसला बन्दै आज यो आँटमा छौ
- अमन एकल
°
गर्छु भन्थ्यौ माया तिमीलाई साह्रै
आज थाहा पाएँ कि दोधारमा छौ ..
- राम कँडेल अधिश
°
खोज्न जाँदा भेट्टाएनन् बुद्दलेनै
यो तपस्या के हो ? कुनै राजमा छौ ?
-लाल काजी श्रेष्ठ
°
खोजि हेरेँ चारै दिशा भेटिएनौ
ढुक्ढुकी ना-पेर था'भो नापमा छौ!
-अनन्त अनुराग
°
भर्खरै उदायौ गगनमा पिलिक्क
डुब्न सक्छौ चाँडै तिमी साँझमा छौ
- रमेश गोठालो
******************************
बहरे : खफीफ ( २१२२/२२१२/२१२२)
रुक्न : फाइलातुन्/मुस्तफ्इलुन/फाइलातुन
नोट:- माथिको सामुहिक गजल ५ साउन २०७२ (२१ जुलाई
२०१५) मा "बहर-बहार" फेसबुक ग्रूपमा गरिएको सामुहिक
अभ्यास बाट साभार गरिएको हो।
धन्यवाद,
-बहर बहार परिवार

Comments

Popular posts from this blog

"आमाप्रति समर्पित मुक्तकहरूको संगालो"

तिहार बिशेष मुक्तकहरूको संगालो..

बिष्णु गौतमका १० मुक्तकहरू....