शेरमाला

संयुक्त गजल 

उकालाहरु जसरी ओरालाहरु थाकेका छैनन।
 क्रमै संग आउछन पैतालाहरु थाकेका छैनन।
-नवीन संघर्ष 

कहिलेसम्म किसानहरु महङ्गीको रापमा मर्ने,
हलो कोदालो डोका डालाहरु थाकेका छैनन।
नारायण दुम्जाली

हेर आज तराई बन्द भएको महिनौ भइ सक्यो,
के चाहियो कुन्नि ती चालाहरु थाकेका छैनन।
-दिपक हमाल

बसन्त होस् या शिशिर सधै उसकै प्यारो हुन्छ,
घाम पानीमा कहिले गोठालाहरु  थाकेका छैनन् ।
-निरा श्रेष्ठ 

बिदेशी सपना देख्छन् आखिर गल्छन् खाडिमा,
मन सन्तुष्ट छन बनी ज्यालाहरु थाकेका छैनन् ।

नलगाउ आँखा गोर्खाली शिरमा हे बैरी बिदेशी,
जन्माउँनु छ योद्धा तिर भालाहरु  थाकेका छैनन्।
-बिन्दा लामा

बालअधिकार खोसियो गिट्टि बोकिरहेछ कठै!
भारी बोकेर पनि लालाबालाहरु थाकेका छैनन्।
-आकृती सिन्धुलीयन

झुठो आशा देखाएर जनतालाई भ्रममा राख्छन,
कत्तिपनि नेताहरूको चालामालाहरु थाकेको छैनन्।
 -निश्चल 



Comments

Popular posts from this blog

"आमाप्रति समर्पित मुक्तकहरूको संगालो"

तिहार बिशेष मुक्तकहरूको संगालो..

बिष्णु गौतमका १० मुक्तकहरू....