"आमाप्रति समर्पित मुक्तकहरूको संगालो" मुक्तक क्रमश :- १. हजार जन्म तिम्रो पाउमा पर्न पाउ मेरी आमा। हर्ष खुसी दिलको घाउमा छर्न पाउ मेरी आमा। आफ्नो सन्तान जिताउन तिम्ले हार्यौ धेरै पटक, सुम्पिदै खुसी तिम्रै नाउँमा मर्न पाउ मेरी आमा। _नवीन संघर्ष सिन्धुली २. न धेरै सम्झन्छु न कम सम्झन्छु आमा तिमीलाई। पाइला-पाइलामा हरदम सम्झन्छु आमा तिमीलाई। दुखेको जिन्दगीमा तिम्रै आशिर्वाद काफी भैदिदा, निको बनाउने घाउ मलम सम्झन्छु आमा तिमीलाई। _कमल सरोवर धादिङ-भुमेस्थान"९"गैरीगाउँ ३. आउन दिनेछैन आँसु आँखामा हजुरको । म बन्नेछु असल छाेरा आमा हजुरको । बक्ष्यस्थल हजुरकै काँखमा रमाउन पाँउ, बाँस बसि त्याे दिलकाे बगैंचामा हजुरको । _कपिल मणी ४. जेछु म आज आमाको साथ मायाको हो सार । जिन्दगी पाए संसारमा आए मानवको आधार । नौ मैना गर्भ काखमा कति क्वै नखाई बोक्नु भो, अमृतझैं दुधको सक्दिन तिर्न कै गरि त्यो भार । _तारा दिप्साली बान्तवा ५. मलाई थाहा छ आमा तिम्रो आँसु झरेको छ। भावीले पनि हामीलाई कति हेला गरेको छ। बुढेसकालको "टेको&q
तिहार बिशेष मुक्तकहरूको संगालो मुक्तक:-१, परदेशीलाई दशै तिहार नआएकै जाति । सम्झनाले मनैभरी बोकी ल्याउछ आधी । रहर होईन् बाध्यताले धेरै टाढा छु आज, टीकामाला हुन्छ होला मेरो तस्बिर माथि । - नवीन संघर्ष मुक्तक:-२, सयपत्री र मखमलीका माला सम्झिएर। साँझका ती झिलिमिली पाला सम्झिएर। न त रुन सक्छ न त हास्छ यो परदेशी, बाँचेकै छ समयको यो चाला सम्झिएर । - शिव सुवेदी मुक्तक:-३, हर्ष,खुसी र उमंगले चंग उडाउला तिहारमा। निधार भरि सप्तरंगी रंग लगाउला तिहारमा। दियो वाली,सयपत्री,मखमलीको मालासंगै, सजिएर चेली-माइती दंग बसाउला तिहारमा। - अम्बिका याम्फु'अनमोल ' मुक्तक:-४, दिदी यसपाली नि तिहार आयो । सबको घरघरमा खुशियाली छायो । हामी कति अभागी भयौं दिदी भाई हाम्रो त सधै आँखामा आँसु रसायो । - जीवन नारायण भण्डारी मुक्तक:-५, कोठेबारीमा सयपत्री मखमली फुल्यो होला ती सिम खेतभरी धानको बाला झुल्यो होला। दशैं त आयो गयो आउन लागो नि तिहार, बा-आमा आफन्तले नि मलाई
🌹मुक्तकहरु🌹 1. तिम्रो मेरो अन्तिम सास एउटै भयो भने। चित्ता माथी हाम्रो लास एउटै भयो भने। त्यती बेला पक्कै भेट हुन्छ होला प्यारि, यो धर्ती यो आकाश एउटै भयो भने । 2. कतै हरियाली कतै बगर बनाइदिन्छ। कैले अमृत पिउँदानि जहर बनाइदिन्छ। हिजो जस्तो थियो उस्तै होला नसम्झनु। समयले मान्छेलाई पत्थर बनाइदिन्छ। 3. दुखी संग माया गर्ने मन भेटिन्छ। छामी हेर त्यहा आफ्नै धड्कन भेटिन्छ। फुलहरुको बगानमा किन खोज्छौ तिमि, चट्टान फोरि हेर पक्कै जीवन भेटिन्छ। 4. छाडी नजाउ रुन्छ मन भन्नेहरु टाढिन्छन। तिमिनै हौ मेरो जीवन भन्नेहरु टाढिन्छन। यो पैसा भन्ने चिज यस्तै हुन्छ साथी, दुई मुटु एक धड्कन भन्नेहरु टाढिन्छन। 5. सबका आँखा रसाउने मुक्तक लेख्नु छ। दिल भित्र बसाउने मुक्तक लेख्नु छ। आउ अब तिमी हामी संगै यात्रा गरौ, रुने लाई हसाउने मुक्तक लेख्नु छ । 6. बिग्रन सक्छ मान्छे जानी जानिले पनि। सताउँदा अङ्गालोको सिरानीले पनि। त्यति बेला आफुलाई सम्हाल्नु है तिमी, एक पल पागल बनाउछ जवानिले पनि। 7. पिरतिले चोटै चोट दिय पछि के-के भयो। सम्झनाल
Comments
Post a Comment