गजल

गजल
----------------------------------------------
जिन्दगानी परेको छ निकै ठूलो घटनामा।
चितामाथि सजिएथें आज राती सपनामा।

रगतको मसी बनाई भिजाएर पानाहरू,
कोर्न चिट्ठी अल्झिरहें हृदयको बेदनामा।

जिन्दगीमा सधैंभरि प्रिया संगै हुन्छु भन्थें,
गरेका ती बाचाहरू सिमित रहे चाहनामा।

यो जुनीमा तिमीलाई साथ दिन सकिएन,
अश्रुधारा नबगाए प्यारी मेरो सम्झनामा।

कैलेकाहीँ याद आयो 'शरद'को भनेपछि,
झल्किने छु म त त्यहीं हेर्नु मेरा रचनामा ।
-----------------------------------------------

          © जीपीएस शरद पौडेल - कैलाली

Comments

Popular posts from this blog

"आमाप्रति समर्पित मुक्तकहरूको संगालो"

तिहार बिशेष मुक्तकहरूको संगालो..

बिष्णु गौतमका १० मुक्तकहरू....