गजल


°गजल °
न दशै न तिहार रित्तो,निधारलाई सम्झिएर।
खुसी छैन म यहाँ बुनु,तिहारलाई सम्झिएर।

रुदै हौली यो तिहारमा,सम्झेर परदेशी दाजु
तिम्रो त्यो कोमल मनको,प्यारलाई सम्झिएर।

देउसी-भैलोमा सारा साथीसङ्गी रमेको दिन,
टुना,डम्फू,मादल अनी,गितारलाई सम्झिएर।

उनी फूलको मालाहरु ,नपर्खे है दिदीबहिनी,
सयपत्री मखमली त्यो,श्रृङ्गारलाई सम्झिएर।

बटुलेर पुराना यादहरु,भर्दैछु "नविन"मुस्कान,
परदेशी प्रवासमैछु,घरपरिवारलाई सम्झिएर।
                            -नवीन संघर्ष (सिन्धुली )

Comments

Popular posts from this blog

"आमाप्रति समर्पित मुक्तकहरूको संगालो"

तिहार बिशेष मुक्तकहरूको संगालो..

बिष्णु गौतमका १० मुक्तकहरू....