"आमाप्रति समर्पित मुक्तकहरूको संगालो" मुक्तक क्रमश :- १. हजार जन्म तिम्रो पाउमा पर्न पाउ मेरी आमा। हर्ष खुसी दिलको घाउमा छर्न पाउ मेरी आमा। आफ्नो सन्तान जिताउन तिम्ले हार्यौ धेरै पटक, सुम्पिदै खुसी तिम्रै नाउँमा मर्न पाउ मेरी आमा। _नवीन संघर्ष सिन्धुली २. न धेरै सम्झन्छु न कम सम्झन्छु आमा तिमीलाई। पाइला-पाइलामा हरदम सम्झन्छु आमा तिमीलाई। दुखेको जिन्दगीमा तिम्रै आशिर्वाद काफी भैदिदा, निको बनाउने घाउ मलम सम्झन्छु आमा तिमीलाई। _कमल सरोवर धादिङ-भुमेस्थान"९"गैरीगाउँ ३. आउन दिनेछैन आँसु आँखामा हजुरको । म बन्नेछु असल छाेरा आमा हजुरको । बक्ष्यस्थल हजुरकै काँखमा रमाउन पाँउ, बाँस बसि त्याे दिलकाे बगैंचामा हजुरको । _कपिल मणी ४. जेछु म आज आमाको साथ मायाको हो सार । जिन्दगी पाए संसारमा आए मानवको आधार । नौ मैना गर्भ काखमा कति क्वै नखाई बोक्नु भो, अमृतझैं दुधको सक्दिन तिर्न कै गरि त्यो भार । _तारा दिप्साली बान्तवा ५. मलाई थाहा छ आमा तिम्रो आँसु झरेको छ। भावीले प...
🌹मुक्तकहरु🌹 1. तिम्रो मेरो अन्तिम सास एउटै भयो भने। चित्ता माथी हाम्रो लास एउटै भयो भने। त्यती बेला पक्कै भेट हुन्छ होला प्यारि, यो धर्ती यो आकाश एउटै भयो भने । 2. कतै हरियाली कतै बगर बनाइदिन्छ। कैले अमृत पिउँदानि जहर बनाइदिन्छ। हिजो जस्तो थियो उस्तै होला नसम्झनु। समयले मान्छेलाई पत्थर बनाइदिन्छ। 3. दुखी संग माया गर्ने मन भेटिन्छ। छामी हेर त्यहा आफ्नै धड्कन भेटिन्छ। फुलहरुको बगानमा किन खोज्छौ तिमि, चट्टान फोरि हेर पक्कै जीवन भेटिन्छ। 4. छाडी नजाउ रुन्छ मन भन्नेहरु टाढिन्छन। तिमिनै हौ मेरो जीवन भन्नेहरु टाढिन्छन। यो पैसा भन्ने चिज यस्तै हुन्छ साथी, दुई मुटु एक धड्कन भन्नेहरु टाढिन्छन। 5. सबका आँखा रसाउने मुक्तक लेख्नु छ। दिल भित्र बसाउने मुक्तक लेख्नु छ। आउ अब तिमी हामी संगै यात्रा गरौ, रुने लाई हसाउने मुक्तक लेख्नु छ । 6. बिग्रन सक्छ मान्छे जानी जानिले पनि। सताउँदा अङ्गालोको सिरानीले पनि। त्यति बेला आफुलाई सम्हाल्नु है तिमी, एक पल पागल बनाउछ जवानिले पनि। 7. पिरतिले चोटै चोट दिय पछि के-के भयो। सम्...
गजल संक्षिप्त परिचय , गजल लेख्ने तरिका.. 'गजल’ त्यो साहित्यिक विधा हो, जुन गायन कला सँग अती घनिष्ठ सम्बन्ध राख्दै लयवद्ध,सरल र प्रतिकात्मक रुपमा मतला,शेर,काफिया,रदिफ,मकता,तखल्लुस र बहर जस्ता तत्वहरु प्रयोग गर्दै aa, ba, ca, da, ea शैलिमा लेखिन्छ। गजल शव्दको अर्थ र ईतिहासकोबारेमा बिभिन्न विद्वानहरुले आ-आफ्नै तरिकाले मत दिएका भएपनी गजलमा हुनुपर्ने मुलभूत तत्वहरुमा भने त्यती धेरै मतभिन्नता पाइन्न। यहाँ हाम्रो पाठकहरु लगायत गजल सृजनामा पाइला टेक्दै गर्नु भएका नव आगन्तुक पाठकहरुको लागि उपयुक्त हुने हेतुले गजलका तत्वहरु बारे केही चर्चा गर्ने जमर्को गरेको छु। गजलका तत्वहरु (क) शेर (ख) काफिया (ग) रदिफ (घ) मतला (ङ) मकता (च) तखल्लुस (छ) वहर १. शेर दुई दुई पङ्क्ती मिलाएर लयात्मक तरिकाले गजल लेख्ने गरिन्छ र त्यहि दुई पङ्क्तीलाईनै गजलको शेर भन्ने गरिन्छ। शेरको पहिलो पङ्क्तीलाई मिसरा-ए-उला र दोश्रो पङ्क्तीलाई मिसरा-ए-सानी भनिन्छ। सामान्यतया पूर्ण गजलमा ५ वटा शेर हुने गर्दछन् तर यसको कुनै कडी-कडाऊ नियम नभएको हुनाले गजलगोले कम्तिमा ३ वटा शेरदेखि जतिपनि शेर लेख्न सक्दछ...
Comments
Post a Comment