१० मुक्तकहरूको संगालो:-

मुक्तकहरूको संगालो:-

मुक्तक-१,

स्वाभिमान बेच्न पनि ईमान बेच्न पनि।
तयार छन हिमालीभिर मैदान  बेच्न पनि।
के गर्दैन यहाँ मान्छे पैसाको खातिरमा,
पछि पर्दैन छोरीचेली सन्तान बेच्न पनि।
                   -नवीन संघर्ष (सिन्धुली )

मुक्तक-२,

बेचे यिनले बुद्ध बेचे सेतो हिमाल बेचे।
खोला नदि नाला बेचे झरना ताल बेचे ।
स्वाभिमानको के चिन्ता देश द्रोहिलाई,
किस्ता किस्ता गरेर आधा नेपाल बेचे|
            -प्रीन्स याक्खा संखुवासभा 
              हाल-आफगानिस्तान।

मुक्तक-३,

पैसा भन्ने जातको अन्त्य गर्नु पर्छ।
सन्तान बेच्ने हातको अन्त्य गर्नु पर्छ।
भिख संग मातृभूमि साट्ने मुर्ख कलंक,
र देश टोक्ने दाँतको अन्त्य गर्नु पर्छ।
                      -बिन्दा लामा(सिन्धुली )

मुक्तक-४,

यी सबै कहानी राजनीतिमा छन् ।
दुनियाँ कै बेमानी राजनीतिमा छन् ।
हे सरकार तिमी फाँसी दिन सक्छौं ,
छोरीचेली बेच्ने प्रानी राजनीतिमा छन् ।
                             -मनोहर शाही 

मुक्तक-५,

अभाबले स्वाभिमान गिराउने रहेछ ।
अज्ञानताले सधै बाटो बिराउने रहेछ ।
जेगर्नु गर्छ यहाँ यही पैसाले गर्छ ,
 रत यती धेरै पागल बनाउने रहेछ।
                    -प्रभा ब्रतौला

मुक्तक-६,

इमान बेचेर अनि स्वाभिमान बेचेर बाचेका छन ।
काेहि जन्मभुमि काेहि रत्नउद्यान बेचेर बाचेका छन् ।
पैशाकाे लालचमा अाई छाेरी चेलि केही नभनि ,
दलालहरु हाे कयाैँका ज्यान बेचेर बाचेका छन् ।
                                                    -कपिल मणी

मुक्तक-७,

आफ्नै नज़रबाट नखसे सम्म इमान बेच ।
खरिददार छन् भने आफ्नो स्वाभिमान बेच।
मरेपछी अनुहार कसरि लुकाउँछौ त्यो सोच,
अनि मन्दिर मस्जिद खुदा भगवान बेच ।
                               -सुनिल अधिकारी 

मुक्तक-८,

स्वाभिमान र इमान बेच्नेको नपरौं भर।
जन्मभुमी र दलान बेच्नेको लिउँ है डर।
यी अपराधी पापी हुन दिनु हुन्न क्षमा,
आफ्नै रगत सन्तान बेच्नेको नगरौँ घर ।
                             -दिलिप राई सगर

मुक्तक-९,

हाम्रो राष्ट्र हाम्रो सान झुक्न दिनु हुन्न ।
अटल,अमर स्वभिमान झुक्न दिनु हुन्न ।
के हिमाली के पहाडी आउ तराई हात जोडौं ,
बुद्वत्वको शान्ति ज्ञान झुक्न दिनु हुन्न ।
                                    -शिभ सुवेदी 

मुक्तक-१०,
जलस्रोतको धनि देश नेपाल पानी बेचेर खायो।
नारीहरू धर्म संस्कृति भुली जवानी बेचेर खायो।
हरायो मातृभूमीको ईज्जत र मान सम्मान कठै,
दलालहरू पैसामा दिन दिनै रहादानी बेचेर खायो।
                                             -नानू मगर
                                        किचनास ८ स्याङ्जा 


                       












Comments

Popular posts from this blog

"आमाप्रति समर्पित मुक्तकहरूको संगालो"

तिहार बिशेष मुक्तकहरूको संगालो..

बिष्णु गौतमका १० मुक्तकहरू....