नवीन संघर्ष -सिन्धुली
गजल,
 बन्धनहरु धेरै बाधिएला मन्दिर पुगेर।
 लाग्नेछ सधै बाचिएला मन्दिर पुगेर।

 बोल्दैन सुन्दैन उ,मुर्ति बनेर पत्थर ,
 कहिले सम्म हासिएला मन्दिर पुगेर।

 छुटदैनौ भनी खाएको,कसम बिर्सनेले,
देखेर ताल्चा सम्झिएला मन्दिर पुगेर।

 प्रयासबाट हारेदेखी,सोधिरहेछु म पनि,
 ठक्कर कत्ति राखिएला मन्दिर पुगेर।

धर्मको नाममा देश,टुक्र्याउदैछ खबरदार,
मान्छेले मान्छे मारिदिएला मन्दिर पुगेर।
                ©नवीन संघर्ष (सिन्धुली )                                                














Comments

Popular posts from this blog

"आमाप्रति समर्पित मुक्तकहरूको संगालो"

तिहार बिशेष मुक्तकहरूको संगालो..

बिष्णु गौतमका १० मुक्तकहरू....