गजल

गजल
म खोज्दैछु माटोको इतिहास धमिरा बाट ।
किन नष्ट हुदैछ्न आफै चिरा-चिरा बाट ।

छाती छिचोलेर मुटु भित्र देश रोईरहेछ,
जब देखि बग्न थाले धमनी र शिरा बाट।

खानेले पो तामा छोएर खाईदिन्छ कसम,
तोड्नेले तोडिदिन्छ सुन चाँदी हिरा बाट ।

संघर्ष र समयले पत्थरहरु शिला बनिदिन्छ,
जसरी बनेको छ पुतली झुसिल किरा बाट ।

भट्टीको साउनीले बेचेर भट्टी चलाए जस्तै,
मैले पिएर चलाईदिए जिन्दगी मदिरा बाट ।

नवीन संघर्ष (सिन्धुली नेपाल)
प्रवासी कलम मलेसिया (सदस्य )

Comments

Popular posts from this blog

"आमाप्रति समर्पित मुक्तकहरूको संगालो"

तिहार बिशेष मुक्तकहरूको संगालो..

बिष्णु गौतमका १० मुक्तकहरू....