गजल -पुष्प अधिकारी अञ्जली

"गजल "

जनताले दिएको जनमत बिर्सन्छ ऊ।
आफैले गरेको दस्तखत बिर्सन्छ ऊ।

शालिकमा एकदिन माला लगाउँछ,
र सँधै सहिदको रगत बिर्सन्छ ऊ ।

कालो पर्दाळे छोपिन्छ जव मानवता ,
देश र जनता शतप्रतिशत बिर्सन्छ ऊ।

एउटै सत्य ज्यूँदो हुन्छ शायद नबुझेर,
आफ्नै दुष्कर्मको परिणत बिर्सन्छ ऊ।

भित्ताको पनि कान हुन्छ भन्दैथिएँ म ,
पटक पटक गरेको गलत बिर्सन्छ ऊ।

:-Puspa Adhikari Anjali

Comments

Popular posts from this blog

"आमाप्रति समर्पित मुक्तकहरूको संगालो"

तिहार बिशेष मुक्तकहरूको संगालो..

बिष्णु गौतमका १० मुक्तकहरू....