तिहार बिशेष मुक्तकहरूको संगालो मुक्तक:-१, परदेशीलाई दशै तिहार नआएकै जाति । सम्झनाले मनैभरी बोकी ल्याउछ आधी । रहर होईन् बाध्यताले धेरै टाढा छु आज, टीकामाला हुन्छ होला मेरो तस्बिर माथि । - नवीन संघर्ष मुक्तक:-२, सयपत्री र मखमलीका माला सम्झिएर। साँझका ती झिलिमिली पाला सम्झिएर। न त रुन सक्छ न त हास्छ यो परदेशी, बाँचेकै छ समयको यो चाला सम्झिएर । - शिव सुवेदी मुक्तक:-३, हर्ष,खुसी र उमंगले चंग उडाउला तिहारमा। निधार भरि सप्तरंगी रंग लगाउला तिहारमा। दियो वाली,सयपत्री,मखमलीको मालासंगै, सजिएर चेली-माइती दंग बसाउला तिहारमा। - अम्बिका याम्फु'अनमोल ' मुक्तक:-४, दिदी यसपाली नि तिहार आयो । सबको घरघरमा खुशियाली छायो । हामी कति अभागी भयौं दिदी भाई हाम्रो त सधै आँखामा आँसु रसायो । - जीवन नारायण भण्डारी मुक्तक:-५, कोठेबारीमा सयपत्री मखमली फुल्यो होला ती सिम खेतभरी धानको बाला झुल्यो होला। दशैं त आयो गयो आउन लागो नि तिहार, बा-आमा आफन्तले नि मलाई
मार्मिक मुक्तक
ReplyDelete