"सहिद"कविता -आश्रय रवि

…सहिद…


जसले देशको लागि
आफ्नै जीवन हत्केलामा राखेर
हिडिरह्यो निरन्तर ...
देश छातीमा बोकेर
महान सपनाको यात्रामा
 ०००००००००००००

उ हार्न तयार छैन
शासक र दुश्मनसँग
उ लड्न चाहन्छ
स्वतन्त्रताको लागि
स्वाभिमानको लागि
छातीमा गोली थापेर
उसले देखाउनेछ दुनियाँलाई
सुन्दर समाज र सभ्यताको रङ....
००००००००००००००००००००००

उ मर्न तयार छ
काँडाघारीको जंगल छिचोलेर
असमानताको पर्खाल भत्काएर
प्रत्येक युगमा हाँसीहाँसी
परिवर्तनको लागि
नवीन बिहानको लागि
मरेपनि युगौँ-युग बाचिरहन्छ
करोडौं मुटुहरुमा
साचो अर्थमा उ नै 'सहिद'हो।
       ०००००००००

कवि :-Rabi Yakthungba"आश्रय रवि"
         

Comments

Popular posts from this blog

"आमाप्रति समर्पित मुक्तकहरूको संगालो"

तिहार बिशेष मुक्तकहरूको संगालो..

बिष्णु गौतमका १० मुक्तकहरू....