कविता "कुमारी आमा" -Alisha poudyal

कुमारी आमा

भन्नुहोस् जज्साब
म आमा बन्न पाउने कि नपाउने?

हो जज्साब
म कुमारी हुँ
कुमारी रहन चाहन्छु
यो पनि साँचो हो
म कुमारि मै आमा बन्न चाहन्छु
मेरा प्रतिपक्षिहरु
मलाई रोकिरहेछन्
दिइरहेका छैनन्
मलाई आमा बन्न
कुमारी आमा बन्न

न्याय पाउँ जज्साब
न्याय पाउँ
मलाई आमा बन्नुछ
यो मेरो अधिकार
मलाई दिनुस्
मेरो गोद भरियोस् जज्साब
मलाई आमा बन्न दिनुस्

जज्साब
म चाहन्न
कसैकी श्रीमती बन्न
म चाहन्न
कसैसँग रात बिताएर गर्भवती हुन
तर
म चाहन्छु सन्तान सुख
यहि
सुख खोज्दा
आज म
उभ्याइएँ अदालतमा
भन्नुस् जज्साब
मेरो कसुर के?
बोल्नुस् जज्साब बोल्नुस्
एउटी आइमाइले
सन्तान जन्माउन पाउने कि नपाउने?

मेरा विरुद्ध
जे जति कुराहरु गरिएका छन्
ती सरासर झुट हुन् जज्साब
मेरो माथमा
जुन कलङ्कको टीका लगाइएको छ
त्यो गलत हो
हैन म वेश्या हुँदै हैन
मैले इज्जत बेचेकै छैन
मैले भङ्ग गरेकै छैन
सामाजिक नियम
मैले गरेकै छैन
आफ्नो संस्कृतिको हत्या
मैले गरेकै छैन
आफ्नो कुमारित्व नष्ट
अब
भन्नुस् जज्साब
कसरी भएँ म समाजको कलंक

तर
यो साँचो हो जज्साब
मैले जन्माउँदैछु बच्चा
जो मेरो पेटमा हुर्कदैँछ
यसमा ढुक्क हुनुस् तपाइँ
यो बच्चा
मेरो कुकर्मको फल हैन
यो त विज्ञानको फल हो जज्साब

पत्याउनुस् जज्साब पत्याउनुस्
यौनाङ्ग मैथुनबिनै म बन्न लागेकी हुँ आमा

हो जज्साब
मैले
प्रयोगशाला मै
ovum र sperm को मेल गराएर
राखेकी हुँ
आफ्नो गर्भासयमा

भएकी हुँ गर्भवती

अब भन्नुहोस् जज्साब
म आमा बन्न पाउने कि नपाउने?

कवि :-Alisha poudyal

Comments

Popular posts from this blog

"आमाप्रति समर्पित मुक्तकहरूको संगालो"

तिहार बिशेष मुक्तकहरूको संगालो..

बिष्णु गौतमका १० मुक्तकहरू....