झर्दैन जूनतारा,सोच्यौ?झरेर जान्छ-आर्य आयुषा।

[गजल ]

झर्दैन जूनतारा,सोच्यौ?झरेर जान्छ।
ढुङ्गा नहाने हुन्छ,बेकार खेर जान्छ।

लाग्दैछ डर अचम्मै आयो बिमान फेरि,
हाम्रा जवान सारा परदेश लगेर जान्छ।

चर्किन्छ क्यारे छाती मन थामिएन यस्सै,
भूकम्प जान्छ अन्तै कम्पन म नेर जान्छ।

जिउदाहरू मरेझैं  स्वासै नफेरि बस्छन् ,
शालिकको आँसु पुछ्न मुर्दा उठेर जान्छ।

अन्धो रहेछ भन्लान् भन्नेहरूले पक्कै ,
हररात जान्छ मेरो आँखा बगेर जान्छ।

-आर्य आयुषा


Comments

Popular posts from this blog

"आमाप्रति समर्पित मुक्तकहरूको संगालो"

तिहार बिशेष मुक्तकहरूको संगालो..

बिष्णु गौतमका १० मुक्तकहरू....