३ मुक्तकहरु_सागर ठकुरी "सिन्धुली "

मुक्तकहरु:-

१.

परदेशी को छुट्टै अनौठो कहानी हुन्छ
सोचेको हर सपना सबै खरानी हुन्छ
खाली हात फर्किनु बाध्य पर्छन् कति 
विधाताले बुझ्दैन कैयौं लगानी हुन्छ
  

 २.


पसिना बगाएर काम गर्नेछु आमा
गरीबी मानो मआफै भर्नेछु आमा
नदुखाउनु मन तिमिले कहि कतै
छोरा हु अवश्य खुसी छर्नेछुआमा


३.

अब नेपाल सच्चा वीर बन्नेछ गोर्खाली  
झुक्दै नझुकाउने शिर बन्नेछ गोर्खाली 
बिश्व सामु नाम पहिचान राख्ने नेपालि
शान्ति मनको मन्दिर बन्नेछ गोर्खाली


:-सागर ठकुरी

तिनकन्या ६ सिन्धुली 


Comments