गजल -निश्चल तामाङ

       (गजल)


बिरानो शहरमा कहानी छ मेरो।
अनौठो रहरमा कहानी छ मेरो।

झरे फूल सुन्दर अझै चाह फुल्ने ,
सुनौलो लहरमा कहानी छ मेरो।

म मर्दैछु पलपल ठग्यो भाग्यले नि,
अनेकौं प्रहरमा कहानी छ मेरो।

भनौं खै कसोरी नसोध्यौ तिमीले,
बचनको जहरमा कहानी छ मेरो।

म लेख्दैछु पीडा हजारौं सहेर,
गजलको बहरमा कहानी छ मेरो।

बहर:मुतकारिव मुसम्मन सालिम
रुक्न : १२२ १२२ १२२ १२२

:- निश्चल तामाङ "आरम्भ"

                सिन्धुली

Comments

Popular posts from this blog

"आमाप्रति समर्पित मुक्तकहरूको संगालो"

तिहार बिशेष मुक्तकहरूको संगालो..

बिष्णु गौतमका १० मुक्तकहरू....