कलममा घमण्ड बोकेर हिडिरहेछ् जो, साहित्यको घेरा फोडेर पाखुरा सुर्किन्छ।गजल_नवीन संघर्ष

[गजल-पाखुरा सुर्किन्छ..]


कोही सम्बन्ध जोडेर पाखुरा सुर्किन्छ।
कोही सम्बन्ध तोडेर पाखुरा सुर्किन्छ।


देश देश जस्तो त उसले बनाउछ भोलि,
जो आफ्नै धर्ती गोडेर पाखुरा सुर्किन्छ।


अस्पताल अचेल,अस्पताल जस्तो छैन,
डाक्टर बिरामी छोडेर पाखुरा सुर्किन्छ।


गन्तव्य भुल्यो कि कतै दूर देखेर डरायो,
बिचमै त्यो सफर मोडेर पाखुरा सुर्किन्छ।


कलममा घमण्ड बोकेर हिडिरहेछ् जो,
साहित्यको घेरा फोडेर पाखुरा सुर्किन्छ।


-_नविन संघर्ष"सिन्धुली "

Comments

Popular posts from this blog

"आमाप्रति समर्पित मुक्तकहरूको संगालो"

तिहार बिशेष मुक्तकहरूको संगालो..

बिष्णु गौतमका १० मुक्तकहरू....