..बीच बाटोमै एक्लै एक्लै पार्ने पनि तिमी।

[गजल ]


बाच्न सिकाउने अनि मार्ने पनि तिमी।
खेलाई खेल फेरि उल्टै हार्ने पनि तिमी।

हेरिराख मेरो जिउने तरिका भन्दै थियौ,
शिखर माथि पुर्‍याई तल झार्ने पनि तिमी।

भावनाको नाता ठूलो माने जस्तो गर्‍यौ,
म बाहुन त कामी भन्दै बार्ने पनि तिमी।

दैवीक शक्ति ठूलो मान्दै भरोसा दिलाइ,
मनमा भुतप्रेत र पिशाच सार्ने पनि तिमी।

दुनियाँ छाडिदेउ म छु साथमा भन्थ्यौ त,
बीच बाटोमै एक्लै एक्लै पार्ने पनि तिमी ।

:-सबु खड्का "रौतहट"


Comments

Popular posts from this blog

"आमाप्रति समर्पित मुक्तकहरूको संगालो"

बिष्णु गौतमका १० मुक्तकहरू....

गजल लेख्न आधारभूत तत्वहरू....