जब बोल्दै नबोली कोहि बिदा हुन्छ।-गिता कार्की

[गजल]

जब बोल्दै नबोली कोहि बिदा हुन्छ।
बुझ्दैनन् मन लाई कति पीडा हुन्छ।

अनेक बाहानाले  जिउन हुन्छ गाह्रो,
अनि मेरो  मृत्यु यात्रा सिधा  हुन्छ।

भेट्दा बोली देउ  है बरु रुखो खस्रो,
मनले ग्रहण गर्छन् सुन्दा मीठा हुन्छ।

फूल रोपेर दिलमा बोली छैन बास्ना,
मौनताका  काँडा  झनै  तिखा हुन्छ।

खोजी  हेर्नु प्यारा  जिन्दगीमा  तिम्रो,
दायाँबायाँ दिलमा केबल गिता हुन्छ।

गिता कार्की 
सिन्धुली 
०७३/०४/३२ 

Comments

Popular posts from this blog

"आमाप्रति समर्पित मुक्तकहरूको संगालो"

बिष्णु गौतमका १० मुक्तकहरू....

गजल लेख्न आधारभूत तत्वहरू....