निमुखालाइ प्रचण्ड,बाबुरामले, केही गर्देन ।गजल-रुपक 'जमरा'

✍ ✍ ✍ ✍...

मन्दिरले केही गर्दैन धराधामले, केही गर्दैन ।
निमुखालाइ प्रचण्ड,बाबुरामले, केही गर्देन ।

एका विहानै उदाएछ गरिबिको बस्तितिर
खासै हामिलाइ यो चर्को घामले, केही गर्दैन ।

हिजो देश लुछ्दै टोक्दै गरेका तिनै हुन तिनै
आज दिएको यति धेरै इनामले, केही गर्दैन ।

यो देश उस्तै रहन्छ बरु झन् खुम्चिदै जान्छ
घरि-घरि उहीँ नेता छान्ने कामले, केही गर्दैन ।

यो देश हामिले बनाउनु पर्छ साथि हो हामिले
नेता भनिने यी अरुका गुलामले, केही गर्दैन ।
                                      
  -रुपक"जमरा"
      सिन्धुली

Comments

Popular posts from this blog

"आमाप्रति समर्पित मुक्तकहरूको संगालो"

तिहार बिशेष मुक्तकहरूको संगालो..

बिष्णु गौतमका १० मुक्तकहरू....