मुक्तकहरु...निलम निश्चल

मुक्तकहरु…
१,आग्रह
हत्या हिंसा बलात्कार बन्द  होस् हाम्रो  देशमा ।
अन्याय  र अत्याचार  बन्द  होस् हाम्रो देशमा ।
धन कमाउन  गको  छोरा  लास  बनी आउँछ ,
बिदेशीक  रोजगार  बन्द  होस्  हाम्रो  देशमा ।

२, घात
फुल जस्तै डाली माथी फुल्न गाह्रो भयो ।
भमराको     घातहरु   भुल्न  गाह्रो  भयो ।
बादलुको  घुम्टो  ओढी  लुकामारी खेल्दै ,
निश्चल'त्यो  गगन  झै  खुल्न  गाह्रो भयो।

३, राजनीतिक
महँगीले जनताहरु मरि राखेका छन् ।
नेताहरु  भ्रष्टाचार  गरि राखेका छन् ।
बालुवा चाली जिन्दगी गुजार्नेहरु आज ,
अन्याय र अत्याचारमा परि राखेका छन् ।

निलम निश्चल याक्थुङ्बा
याङ्नाम छ पाचथर नेपाल
हाल मलेसिया
सम्पर्क +601117610628

Comments

Popular posts from this blog

"आमाप्रति समर्पित मुक्तकहरूको संगालो"

तिहार बिशेष मुक्तकहरूको संगालो..

बिष्णु गौतमका १० मुक्तकहरू....